वीरगंज, मंसिर १७
बाम गठबन्धन पर्सा निर्वाचन क्षेत्र नं. ३ ले आज पर्साको देउरीया, श्रीपुर,सोनवर्षा लगायतको ठाँउमा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । प्रतिनिभि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताको नेतृत्वमा भएको कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार नागेन्द्र चौधरी, नेताहरु किसोरी कुशवाहा, लक्ष्मण रौनियार, बलिराम साह, प्रधुम्न चौहान शम्भु पाण्डे, यशवन्त यादव, युवा संघका उपाध्यक्ष महम्द निजाम, संजिव मिश्रा लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।