वीरगंज ,मंसिर १६,

बाम गठबन्धन पर्सा निर्वाचन क्षेत्र नं. १ ले आज लक्ष्मणमा रात्री चुनावी सभा गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिचारी प्रसाद यादवले सरल र जनताको सेवामा समरपित उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको थियो । पैसा र धाक धम्कीले मत माग्ने नेता जनताको सेवा भन्दा पनि आफनो अभिष्ट पुरा गर्न मात्र राजनिति गरेको बताउनुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार शम्भु गुप्ता, रहबर अंसारी , पर्सा संयोजक प्रभु हजार, युवा नेता अकलेश साह, रामकिसोर सिंह पराग, महमुद अंसारी,शिवजी गुप्ता, प्रभाकर गुप्ता लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यसैगरी गठबन्धनले आज वीरगंज महानगरपालिका वडा नं. ५ बिर्ता र वडा नं. ७ रामटोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिचारी प्रसाद यादवको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार शम्भु गुप्ता ,युवा नेता सुदिप लामा, रामकिसोर सिंह पराग, अकलेश साह, प्रभाकर गुप्ता, शिवजी गुप्ता, महमुद अंसारी लगायतको उपस्थिती रहेको थियो ।