वीरगंज, मंसिर १६
बाम गठबन्धन पर्सा निर्वाचन क्षेत्र नं. ३ ले आज पर्साको सेमरवारी वर्वा, लमरीया, वनकटवा, श्रीसिया लगायतको ठाउँमा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार नागेन्द्र चौधरी, नेताहरु प्रद्युम्न चौहान, धुरुप कुशवाहा, बलिराम साह, लक्ष्मण रौनियार, निर गिरी ,महेन्द्र यादव, यशवन्त यादव, हिरालाल यादव, महम्द निजाम , नागेन्द्र यादव , संजिव मिश्रा लयातको उपस्थिती रहेको थियो । यसैगरी गठबन्धनले कौवावन कटैयामा रात्री सभा गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले स्थाई सरकार र देश बिकासको लागि बाम गठबन्धन गरिएको बताउनुभयो । देशभरी बाम गठबन्धनको लहर चलेकोले अबको एक महिनाभित्र देशमा बाम गठबन्धनको सरकार बन्ने बताउनुभयो । बिगमा जनतालाई झुक्याएका र भ्रष्ट प्रवृतिका उम्मेदवारहरु तह लगाउन जनता संग आग्रह गर्नुभएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नागेन्द्र चौधरी सहित स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।