वीरगंज,मंसिर १५
बाम गठबन्धन पर्सा निर्वाचन क्षेत्र नं. २ ले वीरगंज महानगरपालिका वडा नं. ३ छपकैयामा घरदैलो गरेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार महम्द सलिम मंसुरको नेतृत्वमा भएको घरदैलो कर्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार छोटेलाल कुर्मी, जगरनाथपुर गाँउपालिकाका प्रमुख जामिल मियाँ, माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हरी मण्डल, केन्द्रिय सदस्य बाबुराम कौशिक,युवा नेता मनोज चौधरी, निरंजन मिश्र,प्रभाकर गुप्ता लगायतको उपस्तिथी रहेको थियो ।