वीरगंज,मंसिर ९
बाम गठबन्धन पर्सा निर्वाचन क्षेत्र नं. १ले आज वीरगंज महानगरपालिका वडा नं. ३२ टेडामा चुनावी सभा र वडा नं. ३१ सोलखपुरमा घरदैलो कार्यक्रम गरेको छ । वडा नं. ३२ का संयोजक जुमादिन अंसारीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिचारी प्रसाद यादव क्षणिक स्वार्थ र पैसाको लागि अमुल्य भोट बिक्री नगर्ने आग्रह गर्नुभएको थियो । बिगतमा आफुले गरेको काम र बजेटको सही सदुपयोग नै आफनो जितको मुख्य आधार भएको बताउनुभयो । नेता यादवले यस क्षेत्रको सर्वाङ्गिण बिकासको लागि बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभएको थियो । यसैगरी प्रदेश सभा सदस्यका उम्मेदवार रहबर अंसारीले परिर्वतनकामी शक्तिहरुलाई भोट दिन आग्रह गर्नुभएको थियो ।निर्वाचनको बेला पैसा र मासुभातको चकरमा परि पछुताउनु भन्दा त्यस्ता भ्रष्ट प्रवृतिलाई हटाउन स्थानियसंग आग्रह गर्नुभएको थियो । नेता अंसारीले समाज सेवा भन्दा पनि आफना अभिष्ट पुरा गर्नेहरु राजनितीमा सक्रिय भएको भन्दै त्यस्ता उम्मेदवारहरुलाई पनि बहिषकार गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हरी मण्डल , वडा अध्यक्ष रेयाज अंसारी, युवा नेता रामकिसोर सिंह पराग, नन्दकिसोर पंजियार, प्रभाकर गुप्ता लगायतकाले आफनो मन्तव्य व्यक्त गरेका थिए । यसैगरी गठबन्धले वडा नं. ३१ सोलखपुरमा घरदैलो कार्यक्रम गरेको छ । प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिचारी प्रसाद यादवको नेतृत्वमा गरिएको घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार रहबर अंसारी लगायत स्थानिय नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।