वीरगंज, मंसिर २
पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले आज आफ्नो निर्बाचन क्षेत्रको झोवा, ईटिहायी ,मधवल, अमरपटी,प्रसौनी लगायतको ठाउँमा घर दैलो गर्नुभएको छ । सयौंको सहभागितामा भएको घर दैलोमा प्रदेश सभा सदस्यका उम्मेदवार छोटेलाल प्रसाद यादब, स्थानीय नेता बलिराम साह, धु्रब कुशवाहा, लक्ष्मण चौरसिया, सञ्जीब मिश्रा लगायतको सहभागिता रहेको थियो ।