वीरगंज, मंसिर १२
सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बृजमोहन यादवको आज अन्त्येष्टि गरिएको छ । अन्त्येष्टीमा बाम गठबन्धन पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ता सहितको नेता कार्यकर्ताहरु सहभागि भई पार्थिर शशिरमा फुलमाला लगाई श्रद्धाञ्जली दिनुभयएको थियो । यादवको हृदयघातका कारण हिजो बेलुकि असामयिक निधन भएको थियो । यसैगरी गठबन्धनका साझा उम्मेदवार राजकुमार गुप्ताले आज पर्साको औराहामा निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्नुभएको छ। उद्घाटन समारोह पश्चात कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता गुप्ताले निर्वाचनको परिणाम आफनो पक्षमा पार्न सवै नेता कार्यकर्ताहरुलाई सक्रियका साथ लाग्न निर्देशन दिनुभएको थियो । नेता गुप्ताले बिगमा एमाले र माओवादी केन्द्रले गरेका राम्रा कामहरुलाई जनता माझ पुरयान पनि नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको थियो । देशभरी नै बामगठबन्धन प्रति जनलहर पैदा भएको बताउदै त्यो लहरबाट पर्सा जिल्ला अछुतो नरहेको बताउनुभयो । पर्सामा बाम गबन्धनका जित अब सुनिश्चित भएको बताउदै अवसरवादीबाट सचेत रहन आग्रह गर्नुभयो । उद्घाटन पश्चात नेता गुप्ता सहित टोली लखनपुर , सखुअनीया लगायतको ठाउँमा मतदाताहरु संग भेटघाट गरेका थियो । सो अवसरमा प्रदेश सभा सदस्यका उम्मेदवार नागरेन्द्र चौधरी, नेताहरु किसोरी कुशवाहा,यशवन्त यादव, गम्भिरा साह, नवराज ढकाल, बासदेव चौधरी, केदार बिक, टेकबहादुर, युवा संघका उपाध्यक्ष महम्द निजाम, संजिव मिश्रा लगायतको सहभागिता रहको थियो ।