बीरगंज २२ कात्तिक

पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार महम्द सलिम मंसुरले वीरगंज महानगरपालिका वडा नं. १ बजार छपकैयामा घरदैलो तथा मतदाता संग भेटघाट गर्नुभएको छ । बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार मंसुरले पर्सा जिल्लाको सम्रग बिकासको लागि बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । सो अवसरमा प्रेम साह तेली, मोताहिर मियाँ,सुनिल साह तेली ,सकिल अख्तर,मुस्तकिम मियाँ लगायतको उपस्थिती रहेको थियो ।