वीरगंज अषाढ ३१

बाराको महागढीमाई नगरपालिका वडा नं. ३ मा रहेको श्री गढीमाई महेन्द्र प्राविधिक नमुना बिद्यालय वरियारपुरमा  एक दिने रक्तअल्पता न्युनिकरण  सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक तथा निजि बिद्यालयहरुको शिक्षकहरुलाई एक दिने अभिमुखिकरण तािलम दिइएको थियो  । स्वास्थ्य शाखा प्रमुख जगरनाथ  जयसवालको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा  ६० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा शिवशंकर यादवले प्रशिक्षण दिनुभएको थियो ।