काठमाडौँ,७  भदौ । नेपाल १९ वर्ष मुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको समुह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आफ्नो दोस्रो खेलमा  नेपालले आज बंगलादेशलाई २-१ गोल अन्तरले हराउदै समुह बिजेता भएको हो । खेलको  ११ औं मिनेटमा बंगलादेशले फरवार्ड रोहित शरणको गोल बाट अग्रता लिएको थियो । खेलको १८ औं मिनेटमा पाएको पेनाल्टीमार्फत नेपाल बराबरी स्थितिमा फर्किएको थियो  । नेपालको लागि अन्जन विष्टले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

खेलको अन्त्य तिर बंगलादेशले आत्मघाती गोल गरेपछि नेपाल  बिजयी भएको हो । पराजय बाबजुद बंगलादेश उप बिजेत बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ  । नेपाल र बंगलादेश प्रतिद्वन्द्वी भने भोली हुने खेलबाट टुङ्गो लाग्ने छ ।