वीरगंज अषाढ १९

क्यानडामा भैरहेको ग्लोबल क्रिकेट लिगमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले आफ्नो प्रभाव कायमै राखेका छन् । उनले खेलेको टिम मोन्ट्रेल टाइगर्सले लगातार हार ब्यहोर्दा सन्दीपले तेस्रो खेलमा पनि एक विकेट लिएका छन् ।गएराति भएको भ्यानकुभर नाइट्स विरुद्धको खेलमा सन्दीपले चार ओभरमा १९ रन खर्चिँदै एक विकेट लिए । जसमा उनले एक ओभर मेडेन पनि गरेका थिए ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भ्यानकुभरले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ६६ रन बनाएको थियो । उसका लािग ही भान डेर डुसेनले ८३ रन बनाए । बलिङतर्फ सन्दिपले जमैकन खेलाडी चान्डविक वाल्कोटको विकेट लिएका थिए ।ब्याटिङमा पनि पुछारमा आएका सन्दीपले ७ रन बनाए । तर टिम भने १९ ओभर ४ बलमा एक सय ४८ रनमा अलआउट भयो ।