बीरगंज १० पुष ÷

    बीरगंजबासीको भावनाको कदर गरि प्रदेशको राजधानी बनाउन कुनै कसर बाँकी नराख्ने कुरा एमालेका युवा नेता तथा प्रदेश सभामा एमालेको तर्फबाट उम्मेदवार बनेका शभ्भु गुप्ताले बताउनु भएको छ । आज एक बिज्ञप्ती प्रकाशित गर्दै उहाँले सबै प्रकारको स्रोत र साधनको उपलब्धताको दृष्टीले पनि बीरगंजको बिकल्प प्रदेशको राजधानी अन्य स्थान हुनै नसक्ने ठोकुवा समेत गर्नुभयो । उहाँले हस्ताक्षर गरि जारी गर्नुभएको बिज्ञप्तीमा नेपालको प्रवेशद्धार र आर्थिक राजधानीको रुपमा बिकास भएको बीरगंजलाई राजधानी बनाउन छाडेर अनावश्यक कुरामा अल्झनुको कुनै अर्थ नभएको कुरा उल्लेख गर्दै मधेश आन्दोलनको केन्द्र बीरगंज रहनु र सबैभन्दा बिशाल प्रदर्शन बीरगंजमै हुनु, थुपै्रले सहादत प्राप्त गर्नु, कैयौं पर्साका बासिन्दा अपाङ्ग र घाइते हुनु अरर्बौंकौ क्षती बीरगंजले नै भोग्नु अनि राजधानी बनाउने सवालमा भने बीरगंजप्रति अनिच्च प्रदर्शन गर्नु भनेको मधेश आन्दोलनको मर्म र भावना बिपरित हुने भएकोले न्याय गर्न समेत माग गर्नुभएको छ ।
बिज्ञप्तीमा उहाँले प्रदेश नम्बर २ मा पर्ने एक मात्र महानगरपालिका पनि बीरगंजमा नै पर्नु, अन्तराष्ट्रिय बिमानस्थल, फाष्ट ट्रायक, सुख्खा बन्दरगाह, पथलैयादेखि बीरगंज सम्मको ६ लेनको सडक निर्माण कार्यको थालनी, हुलाकी राजमार्गको निर्माण प्रारम्भ, प्रदेश सभा स्थल, मन्त्री परिषदको बैठक बस्ने मुख्य मन्त्रीको कार्यालय निबास समेत बीरगंजको तुलनामा अन्यत्र हुन नसक्ने जिकिर समेत उहाँले गर्नुभएको छ । बिज्ञप्तीमा सबैभन्दा बढि जनघनत्व समेत बीरगंज र आसपासको क्षेत्रमा हुनुले पनि बीरगंज नै प्रदेशको राजधानी हुने कुरामा कसैमा पनि आशंका नहुनु पर्नेमा अनेक खालको कुरा गरेर बीरगंललाई उपेक्षा गर्नु भनेको बीरगंजबासिप्रति नै अन्याय हुने ठहर समेत उहाँले बिज्ञप्तीमा गर्नुभएको छ । अन्तराष्ट्रिय ब्यापारिक प्रबद्र्धनको सबैभन्दा नजिगको नाका समेत बीरगंजमा नै हुनु, नेपालको कुल राजस्जवको सबैभन्दा बढि हिस्सा बीरगंजले थेग्नु, धार्मिक, साँस्कृतिक, राजनीतिक र पुरातात्वीक हिसाबले पनि नेपालको प्रमुख शहरको रुपमा बीरगंज रहनुले पनि बीरगंजलाई राजधानी बनाएर यो प्रदेश भित्र बसोबास गर्ने सबै जाती, भाषा, धर्म र संस्कृति एवा समुदायको नागरिकलाई समान अधिकारी दिलाउन समेत उहाँले माग गर्नुभएको छ । साथै प्रादेशीक राजधानीको लागि जारी आन्दोलनलाई निष्कर्षमा पुर्याउन समेत आफु र आफ्नो दलले सबै सामथ्र्य लगाउने समेत बिज्ञप्तीमा उहाँले उल्लेख गर्नुभएको छ ।