बीरगंज, ७ पौष। प्रेस मञ्च नेपाल पर्सा शाखाले एक कार्यक्रमका बीच नवनिर्वाचित सांसद एवं विधायकहरुलाई सम्मान गरेको छ । पत्रकार महासंघ पर्सा शाखाको ज्योति हलमा आयोजित स्वागत एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राजपा नेपालका सह अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णले प्रदेस नं। २ को राजधानी नामांकरण सम्बन्धमा काँग्रेस, एमाले र माओवादीले पुनः मधेसी जनताहरु बीच झगडा लगाउन कार्य गरि रहेको आरोप लगाएका थिए । संविधान पनि यिनै तीन दलले जारी गरे, संघीयताको संरचना आफं्नै मनले बनाए आज प्रदेशिक राजधानी बीरगंज हुनु पर्छ भन्ने तीनकै भातृ संगठनले आन्दोलनको नाममा नाटक गर्दै छन् । तीन दलले संविधान, संघीयतासँगै प्रदेशको राजधानी बीरगंज त्यसैबेला लेखेको भए कलले विरोध गर्थौ ।
फोरम नेपालका केन्द्रिय सदस्य एवं सांसद हरिनारायण रौनियारले संचारकर्मीहरुको कुनै दलमाथि आस्था र विचार हुन सक्छ तर पत्रकार भई सकेपछि सत्य र निश्पक्ष सामाचार लेख्नुपर्ने धारणा व्यक्त गर्दै अरुको उक्साहटमा वा व्यक्तिलाई खुुशी पार्र्ने गरि कसैको चरित्र हत्या नगर्न सुझाव दिएका थिए ।
पकहामैनपुर गाउपालिकाका प्रमुख विजय चौरसियाले मधेसी पत्रकारहरुको विकास एव संरक्षण नभएसम्म मधेसी नेताहरुको विकास नहुने धारणा राख्दै समृद्ध मधेस निर्माणका लागि कलम चलाउने मधेसी पत्रकारलाई प्रोत्साहन गर्न आवश्यकता रहेको बताउनु भयो ।
राजपा फोरम गठबन्धन पर्सा बाट निर्वाचित सांसद एवं राजपा सहअध्यक्ष लक्ष्मणलाल कर्ण, फोरम नेपालका केन्द्रिय सदस्य एव सांसद हरिनारायण रौनियार, फोरम पर्साका उपाध्यक्ष एवं विधायक, मन्जुर अन्सारी, युवा नेता एवं विधायक जन्नत अन्सारी, पकहा मैनपुर गाउपालिकाका प्रमुख विजय चौरसियालाई प्रेस मन्च नेपालका केन्द्रिय अध्यक्ष सतोष पटेल, शाखा अध्यक्ष विजय ठाकुर, सचिव दिपक चौरसियाले दोसल्ला, फुल माला र टिकाबाट सम्मान एवं स्वागत गरेका थिए ।
कार्यक्रममा राजपाका महासचिव शिव पटेल, सहमहासचिव नेजामुदिन समानी, केन्द्रिय सदस्य रम्भा मिश्रा, पर्सा जिल्ला संयोजक प्रेम बाबु पटेल, अध्यक्ष मण्डलका सदस्य विरेन्द्र यादव, विरगंज महानगर उपाध्यक्ष सुरेश साह कानु लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रेस मञ्च पर्साका उपाध्यक्ष नन्दकिशोर गिरी र स्वागत मन्तब्य सचिव दिपक चौरसिया व्यक्त गरेका थिए । कार्यक्रममा प्रेस पर्सा शाखाका कोषाध्यक्ष कृष्णा यादव, जिल्ला सदस्य जाकिर हुसैन, अविनाश झाले समन्वयकारी भुमिका निर्वाह गरेका थिए ।