बिरगंज, कर्तिक २६ 

एमाले र माओवादी केन्द्र निकट रहेको पत्रकारहरुको संगठन प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त भेला आज सम्पन्न भएको छ । भेलाले आसन्न निर्बाचनमा बाम गठबन्धनका उम्मेदवारहरुलाई निर्बाचित गराउन कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ । भेलामा एमालेका नेता नागेन्द्र चौधरीले माओवादी र एमालेले देश जनताको पक्षमा गरेको जनपक्षीय कामलाई जनताको पक्षमा कलम चलाएर सहयोग गर्न आग्रह गर्नु भएको थियो । भेलामा माओवादीका पोलिटब्युरो सदस्य हरि मण्डलले गठबन्धनको भावना अनुरुप संचारकर्मीहरु अघि बढ्न आग्रह गर्नुभएको थियो भने एमालेका नेता प्रभु हजराले उम्मेदवार र गठबन्धनसँग निरन्तर सम्पर्क गरि समाचार संप्रेषण गरेर जनताको चाहाना अनुरुपको सरकार निर्माणमा सहयोग पुर्याउन आग्रह गर्नुभएको थियो । सो अवसरमा प्रचार बिभागका सदस्य अरबिन्द सिँह, पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर १ ख का उम्मेदवार शम्भु गुप्ताले सबैको अस्तित्व स्वीकार हुने खालको अवस्था निर्माणमा बाम गठबन्धनले जित्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रीय सदस्य महेश दास, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा लगायतकाहरुले प्रगतिशील पत्रकारहरुले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो । प्रेश चौतारीका अध्यक्ष अनुप तिवारीको सभापतित्मा भएको कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष निरज पिठाकोठेले स्वागत भाषण र संजिब मिश्रले कार्यक्रमको संचालन गर्नुभएको थियो ।