वीरगंज, २८ साउन / वीरगंज गण्डकमा रहेको दुइ पसलहरुमा गएराती चोरी भएको छ । जेनरल स्टोर र औषधि पसल गरी दुई पसलबाट करिव ६ लाख मुल्य बराबरको धनमाल चोरी भएको पिडित दिपेन्द्र पटेलले जानकारी दिनुभयो । प्रहरी बिट अगाडी बाट चोरी हुनु शंकास्पद भएको पिडितहरुले जनाएका छन । सो स्थानबाट बिगतमा पनि ५ ÷६ पटक चोरी भइसकेको स्थानियले बताएका छन ।