वीरगंज २० साउन । प्रहरी उपरीक्षक मिरा चौधरीको सरुवा रोक्न प्रहरी प्रधान कार्यालयमा दवाव परेको समाचार छ । यहि साउन १७ गते प्रहरी प्रधान कार्यालयले ७० जना एसपीको सरुवा गरेकोमा केन्द्रीय अनुसन्धान व्यूरोको एसपी मिरा चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषा सरुवा गरिएको थियो । धनुषाका एसपी लालमणि आचार्यलाई भने प्रहरी प्रधान कार्यालय आतंकवाद नियन्त्रण महाशाखामा सरुवा गरिएको थियो । तर एसपी मिरा चौधरीलाई धनुषा नपठाउन र धनुषामा कार्यरत एसपी आचार्यलाई नै निरन्तरता दिन आइजिपी र गृह मन्त्रीमाथि पूर्व गृहमन्त्री विमलेन्द्र निधिले सरुवा तत्काल रोक्न दबाब दिएका हुन । पर्साका एसपी गोबिन्द साहको सरुवापछि पनि गृहमन्त्रालयसंगै काग्रेस पार्टी भीत्र दबाबब परेको थियोे । तर पर्सामा काजमा आएका एसपी सुदीप गिरीको दरबन्दि अहिले यहि तोकिएको छ ।v