बीरगंज ,२४ पुस। नेपाल रेडक्र्स सोसाइटी पर्सा र अञ्चल प्रहरी कार्यालय नारायणीको सयुक्त आयोजनामा एकदिने प्रहरीहरुलाइ आधरभुत प्राथमिक उपचार तालिम गराइएको छ ।

अञ्चल प्रहरी कार्यालयको सभा हलमा संचालन गरिएको सो तालिममा सडक दुर्घटना अथवा कुनै दुर्घटना भएमा स्थानीय साधन श्रोत तथा सीपको प्रयोग गरि सुरक्षित नियमका आधारमा कसरी घाइतेलाई अस्पताल वा दक्ष चिकित्सक सम्म पुर्याउने सो को बरेमा सामान्य जानकारी गराउने कार्य प्राथमिक उपचार प्रशिक्षक एवं प्रहरी निरीक्षक कुमार मैनाली र रेडक्र्सका राजन श्रीवास्तवले गराएका थिए ।
उक्त तालिममा सहभागी सबै प्रहरीहरुलाइ घाइतेको जाँच, श्वास-प्रस्वास समस्य, पोलाइ, घाइतेको ओसारपसार, रक्तस्राव र क्षोभ, हाड भचाइ, बीस जस्ता अवस्थामा गरिने प्राथमिक उपचारको बारेमा जानकरी गराउनुका साथै अभ्यास समेत प्रशिक्षकहरुबाट गराइएको थियो ।
पर्सा प्रहरी उपरीक्षक डा.गणेश रेगमिले घरायसी कामकाज गर्दा वा प्रहरी परिवारमा समेत कुनै प्रकारको दुर्घटना हुँदा कसरी सुरक्षा अपनाउने र घाइतेलाई सेवा पुरयाउने जस्ता तालिम अञ्चल प्रहरी कार्यालय नारायणीमा संचालन भएको र सो तालिममा सहभागी हुने सबैलाई शुभकामना दिनुका साथै प्रशिक्षकहरुलाइ धन्यवाद दिनु भएको थियो साथै अञ्चल प्रहरी नायब उपरीक्षक छेदिलाल कमातिले सहभागीहरुले प्रहरी भइ समुदायमा प्राथमिक उपचारको माध्यमले अझ थप सेवा पुरयाउनु हुनेछ भन्ने कुरामा जोड दिनु भएको थियो साथै कार्यक्रम सन्चालन समेत नायब उपरीक्षक छेडिलाल कमातिले गर्नु भएको थियो ।