वीरगंज २९ भदौ । कोसी उच्चबाँध निर्माणका लागि भारतसँग सहमति भएको प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिप्रति सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि जनाएका छन् । कोशी उच्च बाँध त्यसरी बनाएर हुँदैन, हिजो राजविराजमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘यसको लागि विस्तृत अध्ययन जरुरी छ । बिना अध्ययन कोशी उच्चबाँध बनाउने कार्यलाई हामीले समर्थन गर्दैनौं ।’मंगलबार राजविराजमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोशी उच्चबाँध निर्माण गरी बाढी समस्याको अन्त्य गर्ने सहमति भएको बताएका थिए । पत्रकार सम्मेलनमा प्रचण्डले कोसी उच्च बाँध नेपालीको हितमा नभएको बताए । प्रचण्डले सप्तरी जिल्लाको विकासका लागि एउटा राम्रो प्याकेज बनाइरहेको बताए ।