वीरगंज, १९ असार ÷ नेपाल आदिवासी जनजाती महासंघ पर्साको प्रथम अधिवेसनमा सहभागि हुन आउनु भएको पुर्व अर्थमन्त्रि वर्षमान पुन आयोजकहरुको बदमासीको कारण रिसाएर फर्कनु भएको छ ।

             महासंघको अधिवेसनमा प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेपछि बीरगंज आजै आउनु भएको पुर्वअर्थमन्त्रि पुन कार्यक्रमस्थल बीरगंज पब्लिक कलेजमा पुग्नु भएको थियो । तर कार्यक्रममा सहभागि भएपछि आयोजकहरुबीच विवाद भयो र महासंघका उपाध्यक्ष सुर्यबहादुर भुजेललाई प्रमुख अतिथी बनाइयो । कार्यक्रममा प्रमुख अतिथी भनेर बोलाइएको पुर्व अर्थमन्त्रि पुनको अपमान गरिएपछि उनि रिसाएर बाहिरिए । बाहिरिने क्रममा उपाध्यक्ष भुजेलले आफनो प्रमुख अतिथीको पद पुनलाई सुम्पिन खोजेपछि उनि झन रिसाए । पुर्वअर्थमन्त्रि पुनले आफुलाई बेइज्जत गर्न बोलाएको भन्दै आफुले काठमाण्डौको काम छोडी स्वजातिय हितका लागि बीरगंज आएकोमा अपमान गरिएको भन्दै निक्कै क्रोधित भएर फर्किए । उनलाई अखिल क्रान्तिकारीका युवा नेता बीरगंजका प्रभाकर गुप्ताले मोटरसाइकलमा हालेर कार्यक्रम स्थलबाट बाहिर लगेका थिए ।

            पछि उपाध्यक्ष भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको उदघाटन शत्रमा विशिष्ठ अतिथी केन्द्रिय सचिव गणेश थकाली, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेवा संघका अध्यक्ष चक्रबहादुर शाक्य, थारु कल्याणकारी समिती पर्साका उपाध्यक्ष नन्दकिशोर पंजियार, किरात राई याओखवा पर्साका अध्यक्ष जगत राई, उराव संघका प्रभु उराव, नेकपा माओवादी पर्साका इन्चार्ज पिएल श्रेष्ठलगायतले मनतव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम कमल बहादुर पिठाकोठे मगरको अध्यक्षतामा भएको थियो भने स्वागत धानुक समाजका अध्यक्ष रामाशिष धानुकले र सहजीकरण निरज पिठाकोठे मगरले गर्नुभएको थियो ।

            यसैबीच प्रथम अधिवेसनले कमलबहादुर पिठाकोठे मगरकै अध्यक्षतामा १२ सदस्य कार्यसमितीको चयन गरेको छ । सर्वसम्मतिबाट चयन गरिएको कार्यसमितीको उपाध्यक्ष जंगी महतो धानुक, कोषाध्यक्ष ममता महतो थारु र सचिव जगत राई, सहसचिव प्रभु उराव तथा सदस्यहरु बृजमोहन प्रसाद, सोमबहादुर तामाङ, मोहन गुरुङ, अजित भुजेल, टेम्पा शेर्पा, उजेली माया तामाङ, चक्रबहादुर शाक्य निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत आशाबहादुर गुरुङले बताउनु भयो ।