वीरगंज, २७ भदौ । सरकारले प्रदेश नम्बर दुईमा असोज २ गते स्थानीय चुनावको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले चुनावमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । तर, शिक्षण संस्थाहरुमा भने पाँच दिन विदा हुनेछ । विद्यालयहरुमा भदौ ३० गतेदेखि ३ गतेसम्म पाँच दिन विदा दिने निर्णय सरकारले गरेको छ । अधिकांश मतदान केन्द्र विद्यालयहरुमा राखिएकाले ति विद्यालयहरुमा सार्वजनिक विदा दिन यसअघि निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको थियो ।