वीरगंज, ६ असार÷ प्रथम अन्तर्राष्ट्रिय योग दिवस–२०७२ आज बीरगंजमा विभिन्न संस्थाहरुले कार्यक्रमको आयोजना गरी मनाएका छन । यसैबर्षदेखी संयुक्त राष्ट्र संघले आजको दिनलाई योग दिवस घोषणा गरेको कारण विश्वभर आजको दिन योग दिवस मनाइदैछ ।

यसैक्रममा विगत केहि दिनदेखी पर्सा, बारा, रौतहट र मकवानपुरमा योगदिवसको अवसरमा कार्यक्रम गर्दै आएको बीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको कार्यालयले आज बिहान घण्टाघर र होटल भिस्वामा योग अभ्यास कार्यक्रम गरेको छ । घण्टाघरमा बिहान ५ एकघण्टा खुला योग अभ्यास गराएको महावाणिज्य दुतावासको आव्हानमा बिहानै ७ बजेदेखि होटल भिस्वामा कार्यक्रम गरिएको थियो । भीस्वा होटलमा आयोजित योग अभ्यासको कार्यक्रमको महावाणिज्य दूत अन्जु रन्जन, ब्रह्मकुमारी रविणा दिदी र प्रशिक्ष्ँक डा. दयाशड्ढर विद्यालड्ढारले संयुक्तरुपमा उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा ब्रह्मकुमारी राजयोगकी प्रमुख रविणा दिदीले शान्तिपाठ, ओसो इन्स्ट्च्यिूटका स्वामी आनन्द अरहतले रहनसहनको बारेमा तथा नेशनल मेडिकल कलेजका डा. अर्पिताले खानपिनको विषयमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

यसैगरी आज जिल्ला आयुर्वेद कार्यालय वीरगंज, पंतञ्जली योगपीठ, आर्ट अफ लिभिङको आयोजनामा घण्टाघर, आदर्शनगर र बीर्तामा कार्यक्रम गरिएको थियो । आयुर्वेद कार्यालयको आयोजनामा प्रभातफेरीपछि वीरगंज उद्योग वाणिज्य कार्यालयमा आयोजित कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले योग गरेर निरोगी हुने संदेशलाई अनुशरण गर्न आग्रह गर्नुभयो भने स्थानिय विकास अधिकारी गुरुप्रसाद सुवेदीले योग समाज निर्माणका विषयमा सबैभन्दा महत्वपुर्ण सावित हुने बताउनुभयो ।

यसैगरी आर्ट अफ लिभिङको आयोजनामा आदर्शनगरको सहायक रोडमा आज बिहान योगाभ्यास गराइएको थियो । कैलाश होटलदेखी पुर्व लोहारपट्टीसम्मको मेनरोडपछि सहायक रोडमा गराइएको योगाभ्यासमा स्थानिय मानिसहरुको सहभागिता थियो ।