बीरगंज, ३० साउन ÷  प्रतीक दैनिक २८ वर्ष पुरा गरी २९ आंै वर्षमा प्रवेश गरेको अवसरमा आज आयोजित रक्तदान कार्यक्रममा पा“च महिलासहित ४६ जनाले रक्तदान गरेका छन । प्रतीक दैनिकका प्रधानसम्पाद जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासङघ पर्साका अध्यक्ष श्याम बन्जारा, कोषाध्यक्ष अनुप तिवारी, अरबिन्द सिंह, आरके पटेल, क्रान्ति साह, सुरेश बिडारी, विशेश्वर पटेल, जितेन्द्र पटेल, शितल क्षेत्री, सुनिल सिंह, देवलाल ठाकुर, राजकिशोर दास, मन्तोष साह, एमआर डिकेजी, मनोरत अवस्थी, रामबहादुर गुरुङ, किरण राई, विरेन्द्र कुशवाहा, उमेश ढकाल, इन्दु रंजितकार, संतोष रंजितकार, शंभु शर्मा, इश्वर श्रेष्ठ, उदयलाल चौरसिया, देवानन्द प्रसाद, राजेश पटेल, राकेश साह, नवराज घिमिरे, रितिक नेपाल, संतोष मानन्धर, अनिल पटेल, गोपिकृष्ण सुवेदी, हिक्मत खडका, विजय परियार, बबिता श्रेष्ठ, मोहम्मद अमानुलाह, झरना सिंह, प्रभात सिंह, हासिम मिया अंसारी, नजवुल्लाह अंसारी, फिरोज मिया मंसुरी, विपना बस्नेत, मैनुल्लाह मंसुरी, मोहनलाल दास, नवराज दाहालले रक्तदान गरेको रक्तसंचार केन्द्र बीरगंजका प्रमुख प्रवीण मानन्धरले बताए ।
रक्तदान कार्यक्रममा चिकित्साशास्त्र अध्ययन संस्थान, नर्सिङ क्याम्पस बीरगंजका पारु रंजितकार, शुशिला महर्जन, रिया श्रेष्ठ, शोभा राना मगर र रक्तसंचार केन्द्र बीरगंजका धिरेन्द्र झा, मुस्तफा आलम, निरंजन गुप्ता, पवन सर्राफ, नन्दकिशोर साह, घुडुक कुमारले प्राविधिक सहयोग पु¥याएका थिए । कार्यक्रममा ब्लड डोनर्स एशोसियसन पर्साका अध्यक्ष तथा प्रतीक दैनिकका सम्पादक शत्रुघ्न नेपाल, पत्रकार महासंघ पर्साका अध्यक्ष धु्रव साह, बैकर्स एशोसियसनका गोकर्ण दुवाडी, पत्रकार महिला संजाल पर्साको अध्यक्ष लक्ष्मी खरेल, गैसस महासंघ पर्साका अध्यक्ष अजय कुशवाहा, प्रतीक दैनिकका सम्पादक प्रताप श्रेष्ठ, विकास शर्मालगायतको सहभागिता थियो ।