बीरगंज, १७ असार ÷ नेपाल सदभावना पार्टी पर्साले संबिधान सभामा प्रस्तुत नेपालको संबिधानको मस्यौदामा संशोधनको माग गर्दै आज प्रमुख जिल्ला अधिकारी केशवराज घिमिेर मार्फत सभामुख सुभास नेम्वाङ्गलाई ज्ञापन पत्र पठाएको छ ।

            घण्टाघरबाट ¥याली निकालेर नारा लगाउदै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर ज्ञापन पत्र बुझाएको थियो । ज्ञापनमा असार १५ गते संबिधान सभाको बैठकमा प्रस्तुत गरिएको नेपालको संबिधानको मस्यौदा २०४७ सालदेखि निरन्तर नेपाल सदभावना पार्टीले गरेको संर्घष , २०६२÷६३ को लोकतान्त्रिक आन्दोलन, मधेस आन्दोलन सहित बिभिन्न अधिकारवादी संर्घष एवं शहिदको बलिदानको भावना बिरुद्ध रहेको उल्लेख छ । मस्यौदाले देशका शोषित पिडित, उपेक्षित तथा अधिकारबाट बञ्चित बिभिन्न जाती ,वर्ग ,भाषाभाषी खास गरी मधेसी आदिवासी , जनजाती दलितलाई अधिकार सम्पन्न बनाउन नसक्ने भएकोले नेपाल सदभावना पार्टीले घोर बिरोध गर्दछ ज्ञापन पत्रमा उल्लेख छ । सात बुदे संशोधन सहित नेसपाले आज पेश गरेको ज्ञापन पत्रमा मस्यौदामा बिना सिमांकन , बिना नामांकन संघिय प्रदेशको प्रारुप बालुवामा पानी हाले जस्तै भएकोले सिमांकन सहितको संघियता , समानुपातिक समावेशी प्रतिनिधित्व, स्थानिय भाषा संगै हिन्दी भाषालाई द्वितिय राष्ट्रिय भाषाको मान्यता, जन संख्याको आधारमा निर्वाचन क्षेत्र , बैवाहिक अंगकृत महिला नागरिकलाई अन्य नागरिक सरहको संबैधानिक व्यवस्था गर्न मांग गरेको छ ।

        नेसपा पर्साका अध्यक्ष मनोज कर्णले वाचन गरी प्रजिअलाईे ज्ञापन पत्र बुझाउनु भएको थियो । कार्यक्रमा केन्द्रिय सदस्य शिव पटेलसहित अनिरुध सिंह, पप्पु पटेल, महिला नेतृ संगीता तिवारी, मुनी श्रीवास्तव, लगायतको सहभागिता थियो ।