काठमाडौं,२६ भदौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच भेटवार्ता भएको छ । संविधान प्रक्रियावाट बाहिरिएको घुर्कि लगाउदै मधेस लागेका गच्छदारसँग आज  बिहान भेटवार्ता भएको हो । तीन दलले दुईदिन प्रक्रिया रोकेर वर्तामा आउन आग्ह गरेपछि राजधानी भएको भेटमा वार्ताका माध्यमबाट समस्या समाधानका लागि आग्रह गर्दै माओवादी अध्यक्ष प्रचण्डले असहमतिका साथ संविधानजारी गर्नुपर्ने बाध्यता रहेको बताए । आन्दोलनरत शक्तिका जायज माग सम्बोधन गर्न आफूले पहल गरिरहेको भन्दै प्रचण्डले गच्छदारलाई सहमतिमा आउनका लागि आग्रह गरे । स्रोतका अनुसार गच्छदार माओवादीको प्रस्ताव अनुसार पश्चिम तराईमा थारुवान थरुहट प्रदेशको सम्बोधन भए संविधान लेखन प्रकृयामा सहभागि हुनेछन । आजदिनभरमा कुरा मिलेमा बेलुकी औपचारिक वार्तागर्ने मुख्यतीनदलको तयारी छ ।