काठमाडौ । साताब्यापी भारत भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहस्थान गुजरातमा भब्य स्वागत गरिएको छ ।
भारतीय राष्ट्रपति प्रणव मुर्खजी, प्रधानमन्त्री मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजसहित विपक्ष दलका नेताहरुसँगको भेटघाट सकिएपछि प्रचण्ड गुजरात पुगेका छन् । मोदीको गृह प्रदेशमा पुगेका दाहाललाई रातो कार्पेटमा भब्य स्वागत गरिएको छ । स्थानीय संस्कृति अनुसारको बाजागाजासहित उनलाई गुजरातमा स्वागत गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
६ दिनअघि प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणमा भारत भ्रमण गएका थिए । उनले नेपालमा बन्दै गरेको नयाँ संविधानमा भारतीय चासो र लिपुलेकका बारेमा समेत भारतीय नेताहरुसँग छलफल गरेका थिए ।