काठमाडौं,जेठ १८ । नेपाल आयल निगमले अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको कारण देखाउँंदै पेट्रोलिय पदार्थको मूल्य बृद्धि गरेको एकैछिनमा घटाएको छ । निगमले सोमबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाउने निर्णय गरेको थियो । तर, त्यसको एक घण्टा नबित्दै मूल्य बढाउने निर्णय फिर्ता लिएको हो ।  मूल्य बढाउने को थिया र कुन शक्तिले नबढाउन दवाव दियो स्पष्ट हुन सकेको छैन ।

निगम नाफामै भए पनि स्वचालित मूल्य कायम गर्ने नीति लिएको तर्कका आधारमा मुलुक यस्तो गम्भीर संकटका आधारमा मूल्य बढाएको थियो । नयाँं मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर एक सय ११,डिजल र मट्टितेल प्रतिलिटर ८८ रुपैयाँं ५० पैसा हुने भनिएको थियो । बढेको मूल्य सोमबार राती १२ बजेदेखि कायम हुने जनाइएको थियो ।