वीरगंज, १८ जेठ ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ मूल्य बढाइएको जनाएको छ । मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ भने मट्टितेल र डिजेलको मूल्य ८८ रुपैयाँ ५० पैसा कायउम गरिएको निगमले जनाएको छ । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।