पोखरा,२९ । पोखरामा आफ्नै पूर्व पत्नीलाई बलात्कार गरी हत्या प्रयास गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ पोखरामा हिँडीरहेको अवस्थामा पूर्वपत्निलाई देखेपछि म्याग्दी पाखापानी–२ का वर्ष ३३ वर्षे टङ्क पाइजाले शारीरिक यातना दिँदै पोखराकै नदीपुरमा लगेर फालिदिने धम्की सहित प्रयास पनि गरेको पिडित महिलाले प्रहरी समक्ष बताएकी छिन् । पाइजाले दुव्यबहार गरीरहँदा महिला भागेर बाँच्न सफल भएकी थिइन् । घटना लगत्तै कास्की प्रहरीले उनलाई पक्राउ गरी कारवाही अगाडी बढाएको जनाएको छ ।