वीरगंज, ५ पुस । दोस्रो लायन केशवमारु मेमोरियल अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता पुस २९ गते वीरगंजको आर्दशनगरमा हुने भएको छ । लायन्स क्लब अफ वीरगंज आर्दशनगरले टाउन हलमा कार्यक्रम गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । प्रतियोगितामा वीरगंजका १० वटा बिद्यालयहरुको सहभागीता हुने जनाइएको छ । बिहान ७ बजे देखि शुरु हुने प्रतियोगिता ६ ओभरको हुने आयोजकले जनाएको छ । आयोजित कार्यक्रममा लायन उमेश शर्मा, राजेश वर्णवाल, रमेश अग्रवाल, किशन मारु, रामबिहारी पाण्डे, देव चौधरी, मनोज वावरी, सुवोध गुप्ता, उमेश गुप्ता लगायतको उपस्थिती रहेको थियो ।