वीरगंज, चैत्र,६
नेकपा एमालेका नेता राजकुमार गुप्ताले आज जिल्ला पार्टी कार्यालय पर्सामा ३ दिने अल्टिमेटम सहितको ज्ञापन पत्र दर्ता गराउनु भएको छ । ज्ञापनपत्रमा पार्टीलाई बिधी सम्मत रुपमा चलाउन माग गर्दै स्थानीय पार्टी कमिटीका बिबिध समस्यालाई समेत सुत्रबद्ध गरिएको छ । ९ बुंदै माग सहितको ज्ञपनमा जनबादी केन्द्रीयताको आधारमा पार्टी संचालन हुनुपर्ने । स्थानीय तहका निर्बाचनमा आधिकारि उम्मेदवार बिरुद्ध टिकट बितरण गरिएको, नगर कार्यपालिकाको निर्बाचनमा एमाले पराजित हुनुका कारण,स्थानीय तहको निर्बाचन र संसद तथा प्रदेश सभाको निर्बाचनमा असहयोग गर्ने र पार्टी हित बिपरित काम गर्नेलाई कारवाही गर्न समेत माग गरिएको छ । साथै ज्ञापनपत्रमा बर्षौं बितिसक्दा पनि जिल्ला अधिबेशन नगर्नु, पार्टीका ठुला नेताहरु बस्तुगत अवस्थाको बिश्लेषण बिना नै चुनाव लड्नु स्थानीय निकायको टिकट बितरणमा आर्थिक चलखेल भएको आशंका जन्मनु जस्ता समस्याका कारण पार्टी गम्भिर भएको कुरा उल्लेख गर्दै यी सबै समस्या ३ दिनभित्र समाधान नभएमा नेतृत्वको बहिस्कार र पार्टीको हितको लागि आन्दोलनका कार्यक्रम चाल्ने चेतावनी दिँदै बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबशे गरेकाहरुलाई ब्यबस्थापन र क्षमता अनुसारको जिम्मेवारी र पुर्ण कमिटि बिस्तार गर्न समेत माग गरिएको छ । ज्ञापन पत्रको बोधार्थ एमालेको केन्द्रीय कार्यालय र प्रदेश कमिटीलाई समेत दिइएको छ ।