बीरगंज, २३ साउन ÷ एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले पुर्ण प्रेस स्वतन्त्रता सहितको संविधान जारी हुने बताउनुभएको छ । प्रेस चौतारी पर्साको आज नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित भेलालाई सम्बोधन गर्दै एमाले प्रचार विभाग प्रमुख भट्टराईले साउन मसान्तसम्ममा संविधान जारी हुने गरी कार्यतालिका अनुसार काम भैरहेको बताउनुभयो ।

          वहाले ८ प्रदेशबाट ६ प्रदेश बनाउने कुरामा सहमति भएको र सीमाङकनसहितको संविधान जारी हुने भएकोले २÷४ दिन मात्रको ढिला हुनसक्ने संकेत गर्नुभएको थियो । भट्टराईले एमाले पार्टी सत्ता होइन मुलुकलाई संविधान चाहिएको बताउदै एमाले सत्ता मोहले संविधान हतारमा बनाउन लागेको आरोपको खण्डन गर्नुभयो । वहाले नेपाली काग्रेस प्रति लक्षित गर्दै बहुमत चाहिएको बेला सहमतिमा हस्ताक्षर गर्ने र अहिले आएर अनापसनाप बोल्न नमिल्ने बताउनुभयो । वहाले संविधान ढिलो गरेर काग्रेस सत्तामा बस्ने तिकडम गरी रहेको आरोप लगाउनुभयो । संविधान जारी हुन लागेपछि राष्ट्रपति पनि अनावश्यक चलखेलमा लागेको वहाले दोषारोपण लगाउदै संविधान जारी भएपछि राष्ट्रपतिसमेतको पदावधि सकिने हुनाले विभिन्न बहानामा दलहरुलाई शितल निवासमा बोलाएर भात खुवाउदै संविधान जारी नहुने बातावरण सृजना गरी रहेको अरोप पनि लगाउनुभयो । भट्टराईले मधेशवादीदलहरुले मधेशी जनताको उत्थान, विकासमा भन्दा पनि आफनो दुनो सोझ्याउने तर्फ बढी केन्द्रिय गरी स्वार्थी राजनीति गरीरहेको आरोप लगाउनुभयो । वहाले मधेशमा भएको जमिन्दारी, भुमिमाथिको स्वामित्व, दहेजप्रथा, बोक्सी र छुवाछुत जस्ता विकृति हटाउने भन्दा पनि मधेशका विकृतिलाई यथावत राखी आफनो स्वार्थ सिद्धीका काम मात्रै गर्दै आएको बताउनुभयो । वहाले मधेशका जनता शिक्षित हुन, उनमा जागरण आओस भन्ने तर्फ अलिकता पनि सोच बिकास नगरेको मधेशीदलहरुले राजनीतिलाई खेति बनाएको र मधेशमा आगो बालेर राजधानीमा सत्ताको दलाली गरी रहेको आरोप लगाउनुभयो । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले प्रेस चौतारी पर्साले पत्रकारिताको विकासको लागि योगदान पु¥याउदै आएको परिणाम चौतारी पक्षधरले पत्रकार महासंघ पर्सामा नेतृत्व गर्दै आएको बताउनुभयो । पत्रकारहरुको साझा विकासमा चौतारीले खेल्दै आएको भुमिकाको प्रतिनिधित्व गर्दै आफु महासघको नेतृत्वमा पुगेको बताउदै चौतारीलाई अझ सशक्त र मजबुत बनाउदै लैजाने कुरामा नेतृत्वकर्ताहरु गंभिर हुन आवश्यक भएको बताउनुभयो ।

            प्रेस चौतारी पर्साका सल्लाहकार महेश गौतमको अध्यक्षतामा भएको भेलामा नेपाल पत्रकार महासंघ पुर्व केन्द्रिय सदस्य महेश दास, प्रेस चौतारीका केन्दिय सदस्य लालबाबु शेष, पुर्व शाखा अध्यक्षहरु शत्रुघ्न नेपाल, केसी लामिछाने, पत्रकार महिला समुह पर्साको अध्यक्ष लक्ष्मी खरेल, एमाले पर्साका प्रभु हजरा, नेपाल निजामति कर्मचारी संगठन पर्साका अध्यक्ष सुबेदार यादव, केन्द्रिय सदस्य नौतम पोखरेल, रामदेवलाल दासलगायतको सहभागिता थियो । कार्यक्रमको संचालन अनुप तिवारी र स्वागत विजय भण्डारीले गर्नुभएको थियो ।