वीरगंज, २९ असार ÷ नारायणी अञ्चल प्रहरी कार्यालय बीरगंजले ५ किलो चांदी सहित भारतिय नागरिक विनोद प्रसाद कलवारलाइ पक््रmाउ गरेको छ । बीरगंज हुदै सीमावर्ति भारतको रक्सौल लैजाने क््रmममा बीउमनपा – १ सिर्सियास्थित छोटी भन्सार कार्यालय नजिकबाट पक्राउ गरेको अंचल प्रहरी कार्यालय बीरगंजले जनाएको छ ।

नारायणी अञ्चल प्रहरीका प्रहरी नायव उपरिक्षक अनुराग द्धिवेदीको नेतृत्वमा खटेको प्रहरी टोलिले सुचनाको आधारमा चादीसहित कल्वारलाई पक्राउ गरेको हो । शरिरमा फिट गरेर चादीको दाना लैजाने क्रममा पक्राउ गरिएको थियो । अंचल प्रहरी कार्यालयमा पक्राउ परेका कल्वार र चादी सार्वजनिक गर्दै प्रनाउ द्धिवेदीले आवश्यक कार्यवाहीको लागि बीरगज भंसार कार्यालय पठाइने बताउनुभयो ।