बीरगंज ८ जेठ । वाणिज्य कार्यालयको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले अनुगमनको नाममा बजारमा आतंक मच्चाएको भन्दै आज दिउ“सो वीरगंजको माईस्थानका किराना व्यवसायिहरुले २ घण्टा पसल बन्द गरेकाछन् ।

जिल्ला प्रशासन, वीरगज उपमहानगरपालिका, वाणिज्य कार्यालयका प्रतिनिधि सहितको संयुक्त बजार अनुगमन टोलीले आज दिउ“सो वीरगंजको माईस्थान स्थित किराना पसलहरुमा अनुगमन गर्ने क्रममा केहि पसलहरुमा बिक्री तथा खरिद बिल माग्दै काला बजारी गरेको भन्दै व्यवसायिहरुलाई थुन्ने धम्कि दिएपछि आक्रोशित व्यापारीहरुले बजार बन्द गरेका थिए ।

माईस्थानको गणेश किराना स्टोरमा अनुगमनको क्रममा बिक्री तथा खरिद बिल तथा खातामा समानको मुल्य छुट्टाछुट्टै भेटेपछि अनुगमन टोलीले जिल्ला प्रशासनमा व्यवसायीलाई बोलाएको वाणिज्य कार्यालय वीरगंजकी निमित्त प्रमुख दुर्गा नकर्मिले बताउनु भयो ।

यता व्यवसायीहरुले वीरगंज उद्योग वाणिज्य संघ तथा किराना व्यवसायीका प्रतिनिधी सहित बजार अनुगमन हुनु पर्ने मा“ग गर्दै अनुगमनको नाममा साना व्यवसायिहरु आक्रोशित भएको पर्सा थोक तथा खुद्रा जेनरल किराना व्यवसायी संघका अध्यक्ष शंकर कुशवाहाले बताउनु भयो ।

उहा“ले महाभुकम्प पछि व्यापार चौपट भएको अवस्थामा अनुगमनको नाममा आतंक सृजना गर्ने, व्यवसायिलाई पुर्जी थमाउने गतिविधि  राम्रो नभएको बताउदै यस्तो बेला व्यवसायिलाई आतंकित बनाउनेहरु विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिनु भयो ।

बजार अनुगमनको नाममा ठूला व्यवसायीलाई नछुने तर साना व्यवसायीलाई तर्साउने तथा भयभित पार्ने गतिविधि भईरहेको भन्दै अध्यक्ष कुशवाहाले उत्पन्न समस्या समाधानका लागि आईतवार पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे समक्ष डेलिगेशन जाने जानकारी समेत दिनुभयो ।