बीरगंज, ५ भदौ ÷ सामुदायिक सेवा केन्द्र छपकैया र शंकराचार्य युवा क्लबको संयुक्त आयोजनामा आज भएको रक्तदान कार्यक्रममा ११ जना महिलासहित १०३ जनाले रक्तदान गर्नुभएको रक्तसंचार केन्द्र बीरगंजका प्राविधिक धिरेन्द्र झाले बताउनु भएको छ । बीरगंज भंसार कार्यालयका अधिकृत गोपाल खत्रीको प्रमुख आतिथ्य र सामुदायिक सेवा केन्द्र छपकैयाका उपाध्यक्ष अब्दुल हक अंसारी र शंकराचार्य युवा क्लबका अध्यक्ष उमेश लामाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा दीपेन्द्र बिसी, लालबहादुर लुइटेल, महमद मैनुदिन, उमेश लामा, राकेश गुरुङ, मुकेश साह, रजनी गुरुङ, लक्ष्मण साह, रमेश लामा, मनोज मगर, राजेश थापा, अजय पटेल, जानकी देवी, राहेल क्षेत्री, रविना पुलामी मगर, शुशिला गुरुङ, अजबुन खातुन, संगीता श्रीवास्तव, ज्ञानु भट्टराई, नविन सिंहलगायतले रक्तदान गर्नुभएको थियो । रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्रका आर्यन चौधरी, शुशिल साह, मुस्तफा हवारी, नन्द किशोर साहले प्राविधिक सहयोग पु¥याउनु भएको थियो । यसैगरी बाराको प्रसौनीमा नेपाल तरुण दल बाराले आयोजना गरेको रक्तदान कार्यक्रममा २ जना महिलासहित ७० जनाले रक्तदान गर्नुभएको रक्तसंचार केन्द्र बीरगजका प्रमुख प्रवीण मानन्धरले बताउनुभयो । रक्तदान कार्यक्रम तरुण दल बाराका अध्यक्ष लुकेश सिंहको प्रमुख आतिथ्य र इकाई अध्यक्ष संजय पटेलको अध्यक्षतामा भएको थियो ।