वीरगंज,३१ बैशाख -किर्ते कागज बनाएर पर्सा जिल्ला मसिहानी गाविसमा रहेको करिब दुई बिघा जग्गा नामसारी गर्न खोज्ने रामसेवक नुनियालाई प्रहरीले मालपोत कार्यालय पर्साबाट पक्राउ गरेको छ । विहिवार दिउ“सो मालपोत कार्यालय पर्साको मुद्दा फा“टमा हजुरबुबाको नाममा रहेको जग्गा शेषपछि बुबा पनि नरहेको प्रमाणसहित आफनो नाममा दर्ता कायम गर्न भनि नुनिया पुगेपछि मालपोतमा रहेको श्रेस्ता र अभियुक्तले पेश गरेको पुर्जा प्रमाणमा त्रुटि देखिएपछि कर्मचारीले प्रहरीमा फोन गरी पक्राउ गराएका थिए । नेपाल सरकारको नाममा ऐलानी पर्ति कायम रहेको मसिहानी–५ र ७ नम्बर वडाको जग्गाहरु करिब २ विघा नुनियाले हजुरबुबाको नाममा नक्कली पुर्जा बनाएर मालपोतमा पेश गरेका थिए । पुरानो श्रेस्ता र पुर्जामा चलखेल भएको मुद्दा फोटका कर्मचारीले चाल पाएपछि नुनियालाई कुरामा अल्झाएर प्रहरीलाई सुचित गरेका थिए ।