वीरगंज,६ भदौ । ए नेकपा माओवादी पर्सा जिल्ला कार्यसमितिको बैठक आज सम्पन्न भएको छ। दस वर्षे जनयुद्ध तथा २०६२÷०६३ को संयुक्त जनान्दोलनको परिणाम स्वरुप संघीयता आएको तर संघीयतालाई ओझेलमा पार्ने खेल भएको बैठकले ठहर गरेको छ ।जिल्ला कार्यसमिति अध्यक्ष्ँ बलराम साहको अध्यक्षतामा बसेको बैठकले हालै सात प्रदेश ल्याएको अवधारणा गलत रहेको ठहर गर्दै संघीयताको मर्मविपरीत सिमाड्ढन गरेका ेसाहले बताएका छन् । साहका अनुसार २ नं. प्रदेशमा प्राकृतिक सम्पदा खोसी पहाडी प्रदेशमा लगेको उनले बताए ।

तीन दलीय सहमति खस शासकीय मानसिकताको कारण सिमाड्ढन भएको बताउंदै यसलाई सच्याउने माग गरेका छन् । प्रेस विज्ञपित जारी गर्दै अवैज्ञानिक, अदूरदर्शी, अपरिपक्व निर्णय अविलम्ब सच्याइ चितवन लगायतका जिल्लाहरुसहित मधेसको भूभाग मेचीदेखि पश्चिम महाकालीसम्मको मधेसी भूमि एवं भित्री मधेस समेटेर मधेश प्रदेश र थरुहट प्रदेश बनाउन माग गरेका छन् । पर्सा जिल्लालाई अखण्ड जिल्लाको रुपमा राख्न उनले माग गरेका छन् ।

Displaying rk 1.jpg