बिरगंज, मंसिर १ ।
पर्सामा ब्यापक मात्रामा आचार संहीत उल्लंघन भएको छ । बिशेष गरि निर्बाचन कार्यालयले निर्धारण गरेको संहीता अनुरुप कोही पनि उम्मेदवार नहिँडेपछि सबैतिर स्वच्छचारिता छाएको छ भने निर्बाचान कार्यालय र निर्बाचन अधिकृतहरु निरिह बनेका छन । अहिले पर्सामा सयौंको संख्यामा भारतीय नम्बर प्लेटको सवारी साधान चलेका छन तर त्यसबाट भंसारका दैनिक रुमपा शुल्क बुझाउनुपर्ने भएपनि त्यो समेत नगरि निर्बाध सवारी साधन प्रयोगमा आएका छन । उता लाउड स्पीकर बजाउनु, मुख्य सडकलाई नै आवरोध हुने गरि प्रचारको लागि टेन्ट निर्माण हुनु, मापदण्ड बिपरित प्रचार समाग्री समेत उम्मेदवार तथा कार्यकर्ताहरुले प्रयोगमा ल्याउन जस्ता आचार संहिता उल्लंघनका घटना दिनप्रतिदिन दोहोरिन थालेको छ । यस बारेमा प्रमुख निर्बाचन अधिकृतसंग सम्पर्क राख्नु खोज्दा भेट हुन सकेन । उम्मेदवारहरुले नेपाली नन्बरको सवारी साधनको तुलनामा केही सस्तो पर्ने भएकाले उम्मेदवाहरुले बिना भंसार गरेर भारतीय नम्बरको सवारी साधनमा आवत जावत र चुनावी प्रचार अभियानलाई तिबैता दिएका छन । भंसार गराऊँदा प्रतिदिन ५ सय रुपैयाँ तिर्नु पर्ने प्रावधान रहेको भएपनि उक्त रकम नतिरी सवारीको साधन प्रयोग भैरहेको छ तर सम्बन्धित कार्यालयले भने कसैलाई पनि सतर्क बनाएको छैन ।