आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यको निर्बाचनको लागि पर्सामा बाम गठबन्धका उम्मेदवारहरु निकै अघि बढेको कुरा स्वतन्त्र पर्यबेक्षकहरु बताऊँछन भने अव नेपाली कांग्रेस र फोरम तथा राजपाको गठबन्धन निकै पछि परेको समेत पुष्टी हुन थालेको छ । पर्सामा रहेको ४ निर्बाचन क्षेत्रमा ४ जना प्रतिनिधि सभा सदस्यको उम्मेदवार र ८ जना प्रदेश सभाका उम्मेदवारहरु चुनावी मैदानबाट बिजयी बन्ने भएपनि दर्जनौं आकाँक्षीले अहिले अफ्नो भबिष्य निर्बाचनको मैदानामा खोजिरहेका छन । पर्सा बिशेष गरि अहिले निर्बाचन क्षेत्र नम्बर १ निकै चर्चामा रहेको छ । १ मा नेपाली काँग्रेस, एमाले—माओवादी गठबन्धन र फोरम तथा राजपाको गठबन्धनको बीचमा निकै प्रतिस्पर्धा भएपनि राष्ट्रिय राजनीतिक अवस्था र बाम गठबन्धनमा सरकार निर्माण हुने पक्का—पक्की भएपछि सर्वसाधारण मतदाता समेत बाम गठबन्धनको पक्षमा दृढताका साथ उभिएका छन ।
पर्सा १ मा बाम गठबन्धनका उम्मेदवार मध्ये पुर्ब माननीय समेत रहनुभएका बिचारी यादब अत्यन्तै सोझा र पुराना एवँ सरल कम्युनिष्ट कार्यकर्ता भएकोले पुन मतदाताहरु आकर्षित बनेका छन उनले आफु माननीय सांसद हुँदा बिशेष गरि शिक्षा र स्वास्थ्य तथा बिकास निर्माणमा गरेको शतप्रतिशत लगानी र त्यसको प्रतिफल सबैले समान रुपमा प्राप्त गरेकोले पुन उनी निर्बाचित हुनुपर्ने आकाँक्षा मतदाताहरुको बीचमा रहेको छ भने प्रदेश सभा सदस्या १ को क का उम्मेदवार रहबर अन्सारी युवा जमातको बीचमा निकै लोकप्रिय र गत नगर प्रमुखको निर्बाएचनमा पनि अपेक्षा भन्दा निकै बढी मत ल्याउनु, मुश्लिम मतदाताहरु ऋाकर्षित हुनु, देश बिदेशमा गएर त्यहाँको अनुभव संगाल्नु र मिस्टर क्लिनको उपमा समेत पाएका हुनाले उनले यो निर्बाचनमा प्रदेश सभा सदस्यमा निर्बाचित हुने सम्भावना बलियो बनेको बताइन्छ । त्यसैगरि क्षेत्र नम्बर १ कै ख का अर्का उम्मेदवार शम्भु गुप्ताले निकै लामो समय अर्थात २० बर्षसम्म बीरगंज महानगरपाकिामा रहेर यस भेगको वास्तबिक तश्बिर हेरेको र यहाँको नागरिकको सुख र दुःखको बारमो प्रत्यक्ष रुपमा संलग्न हुनु, एनजिओ सिसि, बिद्यालय ब्यबस्थापन तथा नेपाल जेसिज, लायन्स क्लब जस्ता बिभिन्न समाजीक संस्थामा बसेर स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय नेतृत्व गरिसक्नु कानून, समाजशास्त्र, लगायतका बिषयमा डिग्री गर्नु र यहाँको शिक्षा, स्वास्थ्य, बिकास निर्माण जस्ता सबै बिषयमा अनुभवी हुनु सबै जाती भाषा, धर्म र सम्प्रदाय एवँ समुदायका मतदाताले समेत उहाँलाई समर्थन गर्नुले जागिरे जिवन ७ बर्ष अवधी बाँकी रहँदारहँदै पनि राजीनामा दिएर समाजका सबै क्षेत्रका बथिती तथा कुशासनका चक्रब्युहलाई तोड्ने संकल्प गर्नुले उनको जितलाई पनि कसैले रोक्न नसक्ने भएको छ ।
त्यसैगरि पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर २ मा पनि बाम गठबन्धनको तर्फबाट प्रतिनिधी सभा सदस्याका उम्मेदवार बनेको माओवादी केन्द्रका नेता महमद सलिम मन्सुरले पनि जित्ने अनुमान लगाउन थालिएको छ । उनी समाजिक काममा लाग्नु, एमालेको जनाधार भएका गाऊँ क्षेत्र नम्बर २ मा नै पर्नु, उनको घर पनि बीरगंज महानगरपालिका वडा नम्बर १ छपकैयामा पर्नु र मुश्लिम मतदाता समेत उनी प्रति आकर्षित हुनु र एमाले र माओवादीका नेता तथा कार्यकर्ता इमान्दारिताका साथ लाग्नुले पनि उनी जितको नजिक पुगेका हुन । त्यसैगरि प्रदेश सभा २ को क मा एमालेका नेता तथा पुर्ब सांसद समेत रहनु भएकोले उनको राजनीतिक अनुभवका कारण पनि जितको नजिक पुगेका छन भने पर्सा त्यस्तै ख का छोटेलाल प्रसाद पनि अनुभवी र निष्ठावान नेता भएकोले जितको नजिक पुगेको कुरालाई नकार्न सकिन्न ।
पर्सा क्षेत्र नम्बर ३ मा पनि बाम गठबन्धनका तर्फबाट प्रतिनिधी सभाका उम्मेदवार बनेको निबर्तमान सांसद समेत रहेका राजकुमार गुप्ताको पल्ला अन्यको भन्दा निकै भारी भएको कुरा राजनीतिक पर्यवेक्षकहरु बताउँछन । अर्का सांसदका उम्मेदवार बनेको नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरी निकै अलोकप्रिय हुनु क्षेत्रका जनताको चाहाना, बिचार र समसयाप्रति जिम्मेजार नहुनुले पनि नेपाली काँग्रेसका असन्तुष्ट मत समेत गुप्ताले पाउनु, फोरमका उम्मेदवार हरिनारायण रौनियार निकै बदनामी कमाएका र बहुरुपियाको रुपमा परिभाषित हुनु, क श्रेणीको ठेकदार भएपनि पर्साको बिकास निर्माणको बजेट दूरुपयोग गर्नु, बारम्बार समयमै निर्माण सम्पन्न गर्नुपर्ने काम नगरेर करोडौं रकम दण्ड तिर्नु, अख्तियारबाट बच्न फोरमको झण्डा समाउनु र अनियमितता र भ्रष्टाचार गरि कमाएको अकूत सम्पति बचाउन उम्मेदवार बनेका हुनाले उनलाई त्यहाँका मतदाताले तिरस्कार गरेका छन भने त्यो मत समेत गुप्ताले पाउने हुनाले जितलाई कसैले हल्लाउन नसक्ने भएको छ । त्यसैगरि प्रदेश सभाका उम्मेवार नागेन्द्र चौधरी र छोटेलाल प्रसाद यादबको जितलाई पनि गठबन्धको साझा उम्मेदवार भएकाले कसैले रोक्न सक्दैन भनि त्यहाँको मतदाता बताउनु थालेका छन । उता क्षेत्र नम्बर ४ मा पनि सबै पदमा बाम गठबन्धनका उम्मेदवार निर्बाचित बन्ने बताइन्छ ।
स्थानीय स्तरमा राजनीतिक इमान्दारिता, बिकास निर्माण र समाजीक सुधार तथा शिक्षा, स्वास्थ्य, रोजगार समाजीक जागरण, पारदर्शिता जस्ता बिषयलाई बाम गठबन्धनले उठाएकाले यहाँका मतदाता त्यतातिर आकार्षित बनेका हुन। राष्ट्रिय स्तरमा पनि बाम गठबन्धनको सरकार बन्ने सम्भाबना हुनु, एमालेको नेतृत्वमा बनेको सरकारले राष्ट्रिय स्वभिमानको रक्षा गर्नु, तराई —मधेशको समस्या समाधानको लागि संबिधान जारी भए लगत्तै संबिधान संशोधन गरेर मधेशी , जनजाती प्रति एमाले उदार छ भन्ने सन्देश दिनु, बढा, अशक्त, अपाँग, एकल महिला, दलीत समुदायलाई भत्ता बितरण गरेर सम्मान गर्नु, लोडसेडीङ्ग मुक्त अभियान चलाउनु, दलीतलाई तराईमा २० हजार घर निर्माण गरि बितरण गर्नु, तराईका सदरमुकामलाई ब्यबस्थीत गर्न ५० /५० करोड रुपैयाँ दिनु, आफ्नो गाऊँ आफैं निर्माण गर्न बजेट बितरण गर्नु जस्ता कुराहरुले पनि एसपटक बाम गठबन्धनका उम्मेदवार जित्ने आधार बलियो बनेको हो ।