वीरगंज अषाढ २४

लगातारको वर्षसँगै आज विहान गएको पहिरोले नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ३ घर विस्थापित भएका छन् ।हुप्सेकोट गाउँपालिका(६ पेलेगाका भोजबहादुर बिक र टकबहादुर बिकको घर पहिरोले पुरिएको छ । विहानको समयमा पहिरो गएकोले मानवीय क्षति भने नभएको स्थानीयले जनाएका छन् ।०७२ को भूकम्पले समेत क्षती भएको यस क्षेत्रमा पानीले जमिन गिलो हुना साथ पहिरो खस्ने गरेको छ ।घरमाथिको डांडाबाट खसेको पहिरोले घर पुरिएसँगै हुप्सेकोटका दुई घर परिवार विस्थापित भएका छन् ।त्यस्तै आज विहान बुलिङटार गाउँपालिका(६ भारतिपुरको हर्कपुरमा पहिरो जांदा मीना आले मगरको घर पुरिएको नवलपुर प्रहरीले जनाएको छ ।गाउँमाथिको डांडाबाट पहिरो खसेका कारण हर्कपुरका यामबहादुर राना, साइली आले र दलबहादुर आलेको घर जोखिममा परेको छ ।