बिरगंज जेष्ठ १७
पर्सागढी नगरपालिकाको आयोजनामा आज वडा नं. ३ मा कुष्ट रोग अभियान खोजकर्ता टोली निवारण अन्र्तगत एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।नगरपालिकाको प्रशासकिय अधिकृत बिष्णु प्रसाद लम्सालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका क्षयकुष्ट अधिकृत शम्भु प्रसाद यादवले प्रशिक्षण दिनुभएको छ । कार्यक्रममा पर्सागढी नगरपालिकाका स्वास्थ्य संयोजक मिथलेश प्रसाद साह, सह संयोजक उमेश प्रसाद साह,नगरपालिका भित्र भोली देखि कुष्टरोगी खोजतलाश पाँच दिन सम्म हुने रोगीहरुको निशुल्क उपचार हुने प्रशिक्षक शम्भु प्रसाद यादवले जानकारी गराउनुभयो ।