बिरगंज जेष्ठ २२

पर्सागढी नगरपालिकाको सहयोगमा आज नगरपालिकाको वडा नं. २ मा रहेको बिद्यालयहरुमा सेनटरी प्याड बितरण गरिएको छ । वडा नंं २ का अध्यक्ष बेदमन दास थारुको अध्यक्षतामा भोजीयादेवी आधारभुत बिद्यालय  गेडपसरा र श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालय बागवनामा १५६ जना किसोरीहरुलाई सेनटरी प्याड बितरण गरिएको हो । सो अवसरमा उपमेचर अर्चना  चौधरी, वडा सचिव प्रमिला चौधरी, बिद्यालयका प्रधानाध्यापक , वडा सदस्यहरुको सहभागिता रहेको थियो ।