वीरगंज,२  भदौ /पर्साको सुवर्णपुरमा फेरि जंगली हातीले रातभरी आतंक मच्चाएको छ । साबिक सुवर्णपुर गाबिस वार्ड नम्बर ८ र ९ मा गाउँ नजिकै रहेको पर्सा राष्टीय निकुञ्जबाट राती १० बजे नै मानव बस्तीमा प्रवेश गरेको हातीको बथानले सुवर्णपुर गा. बि. स. वडा न. ९ आठघरेका स्थानीय जित पाखृन, शिव पाखृन, कामी लामा, विबलाल पाखृन तोकलाल पाखृनलगाएत एक दर्जनभन्दा बढी स्थानीयहरुले लगाएका २ बिघा भन्दा बढीको तैयारी अवस्था मा रहेको भदैया  धानबाली  खानुको साथै माडेर  नस्ट गरेको छ । हातिलाइ स्थानीयवासी सुनाखरी मध्यवर्ती उपभोक्ता समिती, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्ण पुर र प्रहरी चौकी सुवर्ण पुरको सहयोगमा टिन बजाइ होहल्ला गरि  राती एक बजे गाउबाट हाती फर्काउन सफल भएको स्थानीय अस्ट बहादुर लोप्चनले जानकारी दिनुभयो । सो क्षेत्रमा बिगत लामो समयदेखि जंगली हातीले आतङ्क मच्चाएका छ्न । हाती कै आक्रमणमा परि सो क्षेत्रमा बर्षेनी ३,४ जनाको ज्यान समेत जाने गरेको छ । क्षेत्रको निर्मल बस्ती, ठोरी सुवर्णपुर, सेढवा, सङ्करसरैयालगायत का गाबिसहरुमा हातीले आतङक मच्चाएको हो । हाती नियन्त्रणमा  सम्बन्धित निकायले खासै पहल नगरेको प्रती स्थानीयले आक्रोश जनाएका छ्न ।