वीरगंज, चैत्र ५
पर्साको ठोरी गाउँपालिका ४ मा आज राष्ट्रिय स्वास्थ्य बिमा सम्बन्धि एकदिने अभिमुखिकरण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।वडा न ४ विजयबस्तीमा रहेको स्वास्थ चौकीको भवनमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।स्वास्थ्य बिमा बोर्डमार्फत वडाका निर्वा्चित जनप्रतिनिधिहरु,सरोकारवालाहरु,स्वास्थ्य सस्था संचालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरु एवं स्वयंसेवकहरुका लागि सो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका प्रशिक्षक एवम् निर्मलबस्ती स्वास्थ्य चौकी प्रमुख नवीन अधिकारीले जानकारी दिए।कार्यक्रममा वडा सदस्य,बिद्यालयका शिक्षकहरु,महिला स्वयंसेवकहरु, लगायतको सहभागीता थियो ।