वीरगंज, १२ साउन ÷ पर्सा जिल्लाको औराहा गाविसबाट प्रहरीले १५ किलोग्राम गाजा बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक उमाशकर यादवको नेतृत्वमा खटिएको गस्ती टोलिले औराहा–६ सन्ठी टोलबाट १५ किलो गाजा बरामद गरेको बताइएको छ । सोनबार्साको बाटो भएर सीमावर्ति भारतको इनर्वा, सिकटातर्फ लैजादै गरेको अवस्थामा सो परिणामा गाजा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीको गस्ती टोलीलाई देखेर तस्करहरुले गाजा छाडेर भागेको र बरामद गरिएको गाजा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको प्रहरी निरिक्षक यादवले जानकारी दिनुभयो । यस्तै इलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीकै टोलिले सखुवा प्रसौनीबाट रंगपुर टाडीमा भण्डारण गरि राखिएको पाच थान काठको गोलिया बरामद गरेको छ । बरामद गरिएको काठको गोलिया इलाका प्रहरी कार्यालय पर्टेवा सुगौलीमै राखिएको प्रहरी निरिक्षक यादवले बताउनुभयो ।