बीरगंज, १३ साउन ÷ पर्साको सोनवर्षा गाविसको रामभौरीभाटाको जंगलमा एक मुस्लिम युवती रुखमा झुण्डिएको अवस्थामा फेला परेकी छन् । सोनवर्षा गाविस– ९ निवासी इतु मियाँ धुनियाको १७ बर्षीया छोरी खुश्बु खातुन आज जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी गराएको छ । घरबाट बाख्रा चराउन भनेर विहान ८ बजे जंगल गएकी खातुनलाई मध्यान्ह १२ बजेतिर स्थानीयवासीले रुखमा भुण्डिएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीलाई खबर गरेको थियो । प्रहरी चौकी रंगपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले जंगलको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी खातुनको शवलाई पोष्टमार्टम गर्न नारायणी उपक्षेत्रिय अस्पताल बीरगंजको शव गृहमा ल्याएको छ । खातुनको हत्या गरिएको हो अथवा उनले आत्महत्या गरेकी हुन भन्ने बारेमा प्रहरीले तत्काल केहि भन्न सकिने अवस्था नरहेको बताएको छ । प्रहरीले घटनाबारेमा अनुसंधान भैरहेको र केहि तथ्य पोष्टमार्टमको रिर्पाेटपछि थाहा हुने बताएको छ ।