वीरगंज १ असार ।नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहाको नेतृत्वमा वीरगंजबाट प्रकाशित हुने दैनिक पत्र–पत्रिकाहरुका प्रकाशक÷सम्पादक तथा टेलिभिजनका स्थानिय सम्वाददाताहरुको एक टोली आज जिल्ला विकास समिति पर्सामा पुगेको छ ।

वीरगंजमा सम्पन्न दैनिक पत्र–पत्रिकाका संचालक एवम टेलिभिजनका सम्वाददाताहरुको बैठकबाट भएको निर्णय बमोजिम पर्सा जिल्लामा रहेका सरकारी कार्यालयमा हुने गरेको अनियमियता तथा भ्रष्टाचारको खोजी गरि समाचारको माध्यमबाट त्यसको भण्डाफोर गर्ने अभियान अन्तर्गत केन्द्रिय सदस्य कुशवाहाको नेतृत्वमा गएको टोलीले जिल्ला विकास समिति पर्साका स्थानिय विकास अधिकारी गुरु प्रसाद सुवेदि समक्ष नेपाल सरकारको अन्तरिम संविधान, २०६३ को धारा २७ तथा सुचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ अनुसार सुचना तथा विवरणको प्रमाणित प्रतिलिपीको माग गरेको छ ।

टोलीले जिल्ला विकास समितिबाट आ.व.०७१÷०७२ मा प्रचार प्रसार एवम विज्ञापनको लागि स्थानिय पत्रपत्रिका, एफ.एम. रेडियो लगायत अन्य संचार माध्यमको लागि छुट्टयाईएको बजेट र खर्च गरिएको पुर्ण विवरण, त्यसैगरि खुल्ला दिशा मुक्त कार्यक्रम, सरसफाई तथा शौचालय निर्माण लगायतका कार्यक्रममा छुट्टयाईएको बजेट र हाल सम्म कुन–कुन स्थानमा कति र कसरी खर्च गरिएको हो ? सो को पुर्ण विवरण माग गरेको छ ।
त्यसरी नै जिल्ला विकास समितिमा कति जना कर्मचारीहरु स्थायी रुपमा कार्यरत छन ? र कति जना कर्मचारीहरु अस्थायी र करार रुपमा नियुक्त गरिएका छन ? निजहरुको नियुक्ती अवधि, तलब–भत्ता, कार्यक्षेत्र र उद्देश्यको पुर्ण विवरण समेत मा“ग गरिएको छ । टोलीले जि.वि.स.बाट आ.व.०७१÷०७२ मा खरिद गरिएका जिन्सी सामाग्रीहरु कुन प्रयोजनका लागि कति परिमाणमा खरिद गरियो र हाल सम्म कहा“ कति वितरण गरियो ? सो को उद्देश्य सहितको पुर्ण विवरण, आ.व.०७१÷०७२ मा कुन–कुन संस्था र व्यक्तिलाई के–कति आर्थिक सहयोग कुन प्रयोजनको लागि गरिएको छ ? सो कोे पुर्ण विवरण र आ.व.०७१÷०७२ मा संचालित विकास निर्माणका कार्यहरु कसरी भईरहेका छन सो को प्रगति विवरण, लिईएको कमिशन र हालसम्म ती विकास निर्माणहरुमा भएका खर्चकोे पुर्ण विवरण माग गरेको छ । टेलीले माग गरेको सुचनाको बारेमा स्थानिय विकास अधिकारी गुरु प्रसाद सुवेदिले समय सिमा भित्रै सुचना उपलब्ध गराउने प्रतिबद्घता व्यक्त गर्नु भयो ।
सुचना माग गर्न गएको टोलीमा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं हिमालय टेलिभिजनका क्षेत्रिय व्यूरो प्रमुख विजय कुशवाहा, प्रेस युनियन पर्साका अध्यक्ष पुरुषोत्तम सिंह भट्टराई, सर्वराष्ट्रिय दैनिकका सम्पादक महेशचन्द्र गौतम, प्रज्वलित दैनिकका सम्पादक एवं स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्ण कुमार खनाल, सत्य सन्देश दैनिकका प्रबन्ध निर्देशक अशोक तिवारी, बाईपास दैनिकका प्रबन्ध निर्देशक धिरज दारुका, पर्दाफास दैनिकका प्रबन्ध निर्देशक राघव साह, न्यू विरगंज दैनिकका प्रकाशक एवं एबिसी टेलिभिजनका सम्वाददाता शेखर छतकुली, राष्ट्रिय सहारा दैनिकका सम्पादक चन्द्रभुषण साह, जनप्रतिविम्व दैनिकका सम्पादक संजय साह, बीरगंज समाचारपत्र दैनिकका प्रकाशक अमित साह, प्रतिफल दैनिकका सम्पादक एस.के. चौरसिया लगायत डेढ दर्जन संचारकर्मीहरुको सहभागितामा रहेको थियो ।