वीरगंज श्रावण १६

नेदरल्याण्ड्स विरुद्ध पहिलो एकदिवसीय क्रिकेट खेलिरहेको नेपालले राम्रो प्रदर्शन गरेको छ ।टस हारेर पहिला ब्याटिङ गर्न मैदान उत्रिएको नेपाली टिमले अहिले सम्म चार विकेट लिएको छ ।नेपालले २० ओभरको खेलसम्म पाँचजना बलरलाई बल थमाईसकेको छ । एकदिवसीयमा एक जना बलरले अधिकतम १० ओभर बलिङ गर्न पाउने नियम छ ।पहिलो नम्बरमा बल लिएका सोमपाल कामीले ५ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेका छन् ।उनले २१ रन खर्चिएर १ विकेट लिए । उनले ओपनिङ ब्याट्सम्यान डेनियल ब्राकलाई आउट गरे । ११ बल खेलेका ब्राकले १ रन मात्रै बनाएका थिए ।यसैगरी दोस्रो नम्बरमा आएका करन केसीले अहिलेसम्म ४ ओभर बलिङ गर्दा २७ रन दिएका छन् ।उनको नाममा विकेट हात पर्न सकेको छैन । यसैगरी तेस्रो नम्बरमा आफैं बल लिएका कप्तान पारस खड्का भने केही हदसम्म सफल देखिएका छन् ।उनले ६ ओभर बलिङ गर्दा जम्मा १४ रन खर्चिएर २ विकेट हात पारेका छन् ।उनले वेज्लीे ब्यारेसीलाई आरिफ शेखबाट क्याच आउट गराए भने, बेन कुपरलाई एलबीडब्लुको धरापमा पारे ।यसैगरी सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिएर १ विकेट लिएका छन् । सन्दिपले स्टेफन माइबर्गलाई आउट गरेका थिए । माइबर्गले ३२ बलमा ४ चौका र एक छक्का सहित २९ रन बनाएका थिए ।पाँचौ बलरको रुपमा बसन्त रेग्मीले बल लिएका छन् । उनले १ ओभर बलिङ गर्दा ६ रन खर्चिएका छन् ।