वीरगंज ३२ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी विरुद्ध समाचार प्रकाशित गरेको निहुमा पत्रकारहरु माथि श्रृंखलाबद्ध रुपमा दुव्र्यवहार गर्न थालेपछि पर्साका पत्रकारहरु आक्रोशित भएका छन् । आज वीरगंजमा सम्पन्न दैनिक पत्र–पत्रिकाका संचालक एवं टेलिभिजनका सम्वाददाताहरुको बैठकले सांकेतिक विरोध स्वरुप जिल्ला प्रहरी कार्यालय पर्साको सम्पूर्ण गतिविधि तथा समाचारहरु बहिष्कार गर्ने निर्णय गरेको छ । बैठकले प्रेस स्वतन्त्रताको ग्यारेन्टी, पत्रकारहरुको सुरक्षाको प्रत्याभूति, समाचार लेखेकै आधारमा दुव्र्यवहार गर्ने प्रहरीलाई कारवाही गरिनु पर्ने माग गरेको छ । पर्सा प्रहरीले आफ्नो आचरण र व्यवहारमा सुधार नल्याए र प्रहरीको ज्यादती नरोकिए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संगठनहरुको ध्यानाकर्षण गराउदै कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।

यस अघि पर्दाफास दैनिकका प्रबन्ध निर्देशक राघव साह, न्यू विरगंज दैनिकका प्रकाशक शेखर छतकुली, वीरगंज समाचारपत्र दैनिकका प्रकाशक अमित साह, राष्ट्रिय सहारा दैनिकका सम्पादक चन्द्रभुषण साह, जनप्रतिविम्व दैनिकका सम्पादक संजय साह, बाईपास दैनिकका प्रबन्ध निर्देशक धिरज दारुका लगायतका पत्रकारहरु श्रृंखलाबद्ध रुपमा पर्सा प्रहरीको जयादतीको शिकार भई सकेका छन् ।

बैठकमा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं हिमालय टेलिभिजनका क्षेत्रिय व्यूरो प्रमुख विजय कुशवाहा, प्रेस युनियन पर्साका अध्यक्ष पुरुषोत्तम सिंह भट्टराई, सर्वराष्ट्रिय दैनिकका संचालक महेशचन्द्र गौतम, प्रज्वलित दैनिकका संचालक एवं स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्ण कुमार खनाल, सत्य सन्देश दैनिकका प्रबन्ध निर्देशक अशोक तिवारी, बाईपास दैनिकका प्रबन्ध निर्देशक धिरज दारुका, पर्दाफास दैनिकका प्रबन्ध निर्देशक राघव साह, न्यू विरगंज दैनिक एवं एबिसी टेलिभिजनका सम्वाददाता शेखर छतकुली, राष्ट्रिय सहारा दैनिकका सम्पादक चन्द्रभुषण साह, जनप्रतिविम्व दैनिकका सम्पादक संजय साह, बीरगंज समाचारपत्र दैनिकका प्रकाशक अमित साह, प्रतिफल दैनिकका प्रकाशक एस.के. चौरसिया लगायतका संचारकर्मीहरुको सहभागितामा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

यसैविच सो बैठकले पर्सा जिल्लामा रहेका सरकारी कार्यालयमा हुने गरेको अनियमितता तथा भ्रष्टाचारको खोजी गरि समाचारको माध्यमबाट त्यसको भण्डाफोर गर्ने निर्णय समेत गरेको नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहाले बताउनु भयो ।