वीरगंज अषाढ १५

अमेरीकाको मेरील्याण्ड प्रान्तमा रहेको एउटा पत्रिका कार्यालयमा आक्रमण भएको छ । आक्रमणमा ५ जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । मेरिल्याण्डमा रहेको स्थानीय पत्रिकाको कार्यालयमा बन्दुकधारीले जथाभावि गोली चलाएको हो । बन्दुकधारीले समाचार कक्षलाई लक्षित गरी गोली चलाएका प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । स्थानीय प्रहरीका अनुसार आक्रमणमा संलग्न एक बन्दुकधारीले घटना पछि आत्मसमर्पण गरेका छन् । उनलाई हिरासतमा राखि अनुसन्धान भइरहेको छ । पत्रिकाको कार्यालय रहेको भवनबाट अरु १ सय ७० भन्दा धेरै जनाको उद्दार गरिएको र उनीहरु सुरक्षित रहेका प्रहरीले जनाएको छ ।