बीरगंज, ११ असार÷ नेपाल पत्रकार महासंघ पर्सा शाखाको आज बसेको बैठकले तेश्रोचरणको आन्दोलन घोषणा गरेको छ । महासंघको नवनिर्मित भवनमा आयोजित बैठकले तेश्रोचरणको आन्दोलन घोषणा गरेको कोषाध्यक्ष अनुप तिवारीले बीरगंजपाटीलाई बताउनुभयो ।

                 वहाले तेश्रोचरणको पहिलोदिन असार १३ गते आइतवार घण्टाघरमा संचार सामग्रीहरुको प्रदर्शन गरेर प्रहरी ज्यादतीको विरोध गर्ने, असार १४ गते सोमवार जिल्ला प्रशासन कार्यालय पर्सामा ११ बजेदेखी साढे ११ बजेसम्म आधाघण्टा धर्ना दिने र असार १६ गते देखी १९ गतेसम्म बिहान १० बजेदेखी ५ बजेसम्म दैनिक ७ घण्टा रिले अनसन गरिने निर्णय भएको बताउनुभयो । बैठक शाखा अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा बसेको थियो ।